“डायास्पोरिक भ्वाइस” को दुइ शव्द

आजको अस्थिर नेपाल हामी सबैको मुख्य चिन्तनको बिषय हो । अस्थिरताको सर्न्दर्भमा राजनितिक असहजता, सत्ता प्रलोभन, व्यक्तिवादी सोच, भ्रष्टचारी प्रवृत्ति, बढ्दो गरिवी र बेरोजगारी आदि जस्ता समस्याहरुका प्रमुख भुमिका देखिन्छ । राज्ट्रमा बढेको गरिवी र बेरोजगारको समस्याले बैदेशिक रोजगारमा धकेलिएका छन् नेपाली जनताहरु । अन्ततोगत्वा चाहेर या नचाहेर राष्ट्रका विभिन्न स्तरका नागरिकहरु संसारका विभिन्न मुलुकहरुमा विभिन्न स्तरका श्रम बेच्न बाध्य हुन्छन् । यसरि परदेशमा केहि पैसा कमाएर सुविधायुक्त जिन्दगी जिउने सपना मनमा बुन्दा-बुन्दै अनायासै आप्रवासी संसारमा अल्झन्छन् मान्छेहरु र स्थापना हुन्छ आप्रवासी समाजको । आप्रवासी समाजलाई प्रत्यक्ष प्रभाव पर्दछ पराइ समाजको, पराइ धर्म, संस्कार, संस्कृति र सभ्यताको जहाँ अनवरत याद गरिन्छ राष्ट्रियताको, आफ्नोपनको, आफ्नो धर्म, भाषा, संस्कृति, अनि आफ्नै सभ्यता र संस्कारको । यस्तो असहज परिस्थितीहरुमा सिर्जना हुन्छ विविध विचार र चिन्तनहरु समेटिएका आप्रवासी सिर्जनाहरुको र त्यस्ता डायास्पोरि सिर्जनाहरुलाई समेटेर एउटा बुलन्द आवाज राज्य सामु प्रस्तुत गर्ने प्रयत्न हो “डायास्पोरिक भ्वाइस” साहित्यिक त्रैमासिक पत्रिकाको ।
डायास्पोरिक साहित्यको घरदेशमा एक किसिमले चर्चा चलिराखेको छ । हामी चाहान्छौ, “डायास्पोरिक भ्वाइस” त्यो खोज मुलक चर्चाको खोज निधन स्रोत बनोस् जसको लागि हजुरहरुको स्तरिय सिर्जना र साथ चाहिन्छ हामीलाई आउनु होस् हातमा हात राखेर, काँधमा काँध थापेर जुटौ । डायास्पोरिक सिर्जनालाई स-सक्त ढंगले उजागर गर्दै लैजानुछ हामीले र प्रस्तुत हुनु छ हामी, हामी भएर राष्ट्रको सामुन्य ।

डायास्पोरिक भ्वाइस परिवार

Editor_Diaspora

Editor_Diaspora
Iswor Chamling (info.d.voice@gmail.com or i.chamling@gmail.com)

Editor_Nepal

Editor_Nepal
Shasi Lumumbu (info.d.voice@gmail.com or writershalu@yahoo.com)

Assistance Editor_Nepal

Assistance Editor_Nepal
Tika Chamling (info.d.voice@gmail.com or t_chamling@yahoo.com)




...........................    ..............................  ................................




डायास्पोरिक सिर्जना आग्रह


घरदेशमा परदेश अर्थात डायास्पोराको चर्चा चलिरहेको सर्न्दर्भका साथै डायास्पोरामा सिर्जित उल्लेखनिय सिर्जनाहरुलाई मध्यनजर लगाउँदै “डायास्पोरिक भ्वाइस” साहित्यिक त्रैमासिक पत्रिका प्रकाशन गरेर डायास्पोरिक सिर्जना र र्सजकहरुलाई उजागर गर्ने जमर्को गरेका छौ । डायास्पोरि सिर्जनाहरु, र्सजकहरु र डायास्पोरिक जनजीवनलाई उजागर गर्दै जन समक्ष पुर्याउने प्रमुख उदेश्य हो डायास्पोरि भ्वास साहित्यिक त्रैमासिकको ।र्सथ डायास्पोरामा रहनु भएका आदरनिय र्सजक महोदयहरुमा हजुरहरुको स्तरिय डायास्पोरिक सिर्जना निम्न ठेगाना र मिती सम्ममा पठाइ सहयोग गर्नुहुन विनम्र अनुरोध गर्दछौ ।

- रचनाहरु जनवरिको अन्तिम साता -२५ तारिख) भित्रमा पठाइसक्नु पर्ने छ ।
- डायास्पोरिक चिन्तन तथा विचार समेटिएको रचनालाई प्राथमिकता दिइनेछ ।
- टाइप गरेर इमेल गर्नु भएको रचनाहरुको श्रि्र प्रकाशन हुनेछन् ।
- रचनामा आवश्यक हिज्जे तथा आवश्यक परे सम्पादन गरिनेछ ।
- रचनाहरु विभिन्न विधामा पठाउनु सक्नुहुने छ ।
- असान्दर्भिक रचना छापिने छैन ।

रचना पठाउने ठेगाना
Info.d.voice@gmail.com
or

Iswor Chamling
H15, H2
SP Coy, Int Ceoll
Tuker Lines,Seria
BFPO-11

or

Shashi Lumumbu
POB No-3393
Kathmandu
Nepal